भाईटिकामा गला गला , सुहाउँछ मखमली ।
यस् पाली नि मेरी बैनी , रुवाउँछ मखमली ।।
सप्तरंगी टिका सँगै , झन् गाढा हुन्छ नाता ।
थाली भरि सगुन त्यो खुवाउँछ मखमली ।।
आउँछु भन्दै परदेशमै , टाँरे धेर बर्षहरु ।
पर्खी बस्दा नयन सँगै , रसाउँछ मखमली ।।
अजम्बरी माया छर्दै नओईलेरै बाँच्छ यो ।
बैनी सम्म मेरो माया छुवाउँछ मखमली ।।
देउसी भैलो सम्झिएर , मन गाँवै तिर पुग्दा ।
साथी भाईको याद झन , जगाउँछ मखमली ।।
कन्याम ईलाम
हाल क्वालालम्पुर ।





