Monthly Archives: नोभेम्बर 2009

देबेन्द्रलाई अन्तिम चिट्ठी निलाशाको( नारी जातिको साथ रोज्ने कुरामा ज्यादै होसियार हुनुहोला,नारीको सच्चा अनुहार चिन्न बहुत कठिन हुन्छ,नारी ले कालो लाई गोरो र गोरो लाई कालो पनि बनाउन सक्छन ।त्यसैले नारी जाती का हरेको पाईलामा सजग रहनुहोला )

२०६३ असार ५

खै कहाँ बाट सुरु गरु देबेन्द्र मेरो जिन्दगी का अधुरा र अपुरा कहानिहरु जब हाम्रो भेट धनकुटा जिल्लाको सुन्दर नगर भेडेटारमा भएको थियो ।
त्यसपछी हाम्रो जिन्दगीले जुन मोड लिएको थियो त्यसलाई सफलताको शिखरमा पुर्याउने प्रण हामीले गरेका थियौं तर आज तपाईंसंगको त्यो रमाईलो साथ खै किन हो कुन्नी ईश्वरलाई पनि सह्य भएनछ,हाम्रो चोखो र गहिरो मायाको धरातलमा एकाएक भुइँचालो आउन लागेको छ। हाम्रो त्यो शान्त र सुन्दर गाउँमा अनायास आँधिबेहेरी आउन लागेको छ र हाम्रा ति सुन्दर सपनाहरुलाई छिन्नभिन्न पारिदिन लागेको छ ।शायद,त्यो हाम्रो सफल प्रेम कहाँनी हेर्न ईश्वरले पनि नसकेर होला,मलाई तपाईंको जीवनको बिच बाटो बाटनै अलग गराउन लागेको छ ।शायद पूर्व जन्ममा म बाट कुनै ठुलै गल्ती गरेकी थिएँ होला र आज मैले यो रमाईलो संसार अनि तपाईंजस्तो मायाको भण्डारबाट सदाका लागि बिदा लिन लागिरहेकी छु ।देबेन्द्र म blod cancer को शिकार भएर आज शिलगडिको हस्पिटलको बेडमा मृत्युको पर्खाईमा छट्पटाईरहेको छु ।अब हाम्रो भेट शायद यो जन्ममा त हुन सक्दैन होला…………………
यो जुनिमा हजुरको हुन नसकेपनि अर्को जुनिमा अबश्यपनि तपाईंकै भएर जन्मिने छु ।देबेन्द्र ,मेरो मृत्यु पक्का छ ,मैले यो धर्तिबाट चाडै बिदा लिने भएतापनि तपाईं लामो आयु सम्म बाँच्नुहोस,तपाईंको जिन्दगी सफलताको शिखरमा पुर्याउनुहोला ।असफलता भन्ने शब्दले तपाईंको जिन्दगीको शब्दकोशबाट सदाका लागि delete हुने chance पाओस ।असल मित्र को साथ सदैब मिलिरहोस,तपाईंका ईलामदेखि मोरङ,सुन्सरी,सप्तरी,सिरहा देखि भोजपुर धनकुटा सम्मका मित्रको साथ कहिल्यै पनि नछुटोस । रगतको भन्दा भावनाको नाता ठुलो हुन्छ भन्नु हुन्थ्यो सदैब त्यस्तै भैइरहोस् देबेन्द्र ।
अब हाम्रो बिगतलाई कहिले नसम्झिकन आफ्नो बर्तमान र भबिश्यको ख्याल गर्नुहोला,पढाईमा धेरै समय लगाउनु होला,जीवनमा पढाई भन्दा ठुलो धन केही पनि छैन ।
मलाई भुल्ने कोसिस्
गर्नुहोला ।शायद म भन्दा अलि धेरै माया गर्ने अरु कोही जन्मिईसकेको होला र त म हजुरको हुन नपाउँदै यस धर्तिबाट बिदा हुन लागेकी हुँला ।देबेन्द्र्,
नारी जातिको साथ रोज्ने कुरामा ज्यादै होसियार हुनुहोला,नारीको सच्चा अनुहार चिन्न बहुत कठिन हुन्छ,नारी ले कालो लाई गोरो र गोरो लाई कालो पनि बनाउन सक्छन ।त्यसैले नारी जाती का हरेको पाईलामा सजग रहनुहोला ।संघर्शमय जिबनको बाटोमा मिलन संगसंगै बिछोड भए पनि आफ्नो दायित्व र कर्तब्य बाट कति पनि बिचलित नभै आफ्नो लक्ष्य पुरा गर्ने मार्गमा अगाडि बढ्नु होला देबेन्द्र ।
हाम्रा ति अधुरा सपना हरु पुरा गर्न सक्ने सामर्थ्य भएकी असल केटीको साथ रोज्नु होला ।अस्पतालको बेड बाट हात कमाउदै लेखेका यि शब्दले तपाईंको मुटुमा पुर्याएको चोट प्रती क्षमा माग्दै सदाका लागि बिदा चाहन्छु…………………बिदा………………..बिदा

उहि हजुरकी हुन नसकेकी
निलाशा-शिलगडी

सर्बाधिकार
देबेन्द्र दाहाल
मोरङ ,बिराट्चोक
हाल दोहा ,कतार
email-danial_dahal@yahoo.com

note-यो प्रेम पत्र सत्य छ ।यस्मा भएका पात्र अनि शब्दहरु पनि मैले जस्ताको त्यस्तै उतारेको छु ।देबेन्द्र जो मेरो असल साथी हुनुहुन्छ ,उहाँकै जिन्दगीको अनि उहाँकै अतितकिप्रेमिका निलाशाले आफुले संसार त्याग गर्नुभन्दा केहीदिन अगाडि शिलगडिको hospital को bed बाट उहालाई लेखेको यो प्रेम पत्र

एक अर्कामा मन मुटु

nabaraj in nepalगजल

नबराज ढकाल “नबोदित”

एक अर्कामा मन मुटु,साट्न सकिन्न र सानी?
सुख-दुख आधा आधा,बाँड्न सकिन्न र सानी?

पन्छाउँदै सारा बाधा , अबरोध तिम्रा मेरा
चाह्यौ भने जस्तो सुकै,आँट्न सकिन्न र सानी?

पाइदैन भने एक अर्कालाई ,बोलेर सत्य कुरा
झुटो बोली दुनियाँलाई,ढाँट्न सकिन्न र सानी?

हाँस्दा पनि सँग संगै , रुँदा पनि सँगै रोउँला
यसै गरी जिन्दगानी ,काट्न सकिन्न र सानी?

लेगुवा,धनकुटा
हाल्-नोर्थ एट्लान्टिक कलेज
दोहा,कतार

चारैतिर तिमीलाई खोजे

64_yogendra

योगेन्द्र गिरी ‘संघर्ष’

चारैतिर तिमीलाई खोजे तिम्रो माया पाउन सकिन कतै
मलाई एक्लै छोड़ी पराइसग भुल्दै छौकि कतै

सोचेको थिइन तिमीले मलाई धोका दिन्छौ भनेर
भुल भएछ तिमिसग माया गास्न नि कतै

मसगको प्रेममा के खोट थियो र छाडी गयौ
मलाई पागल सरी भनएर तिमीले महल पो पायौ कि कतै

संघश गरी यो स्वाथी दुनियामा एक्लै जिउने कोशिष गरिरहेको छु
मलाई जस्तै अरु कसैलाई पनि प्रेमको नाटक पो गर्दै छौकि कतै

धुपू-१ लेब्रंग
संखुवासभा
कोशी- नेपाल
इमेल- yogendra.yogen@yahoo.com