Monthly Archives: मार्च 2010

देखेको छैन

गजल

देखेको छैन भेटेको छैन तर,यादले मन किन जल्दैछ?
बहाउँदै उनकै नाम शिराशिरा,मुटु यो किन चल्दैछ?

आकाश एउटै धर्ती फरक,आवाजमा पुग्छु उनिसामु
रहर नपुगि एकपलमै छुटाउँछ,भाग्यले किन छल्दैछ?

छटपटिमै बित्छन प्राय दिन अनि रातहरु मेरा
पिडादायी बनी पलपल ,प्रहरहरु किन ढल्दैछ?

ब्युझिएर खोज्छु चारैतिर ,पाउँदिन म उनिलाई
सपनिले रोमान्चित बनाउँदा,अंगअंग किन गल्दैछ?

निभाएथ्यो कसैले मायाको दीप,पहिल्यै मेरो
जब उनी जिन्दगीमा आइन,आशाको दियो किन बल्दैछ?

धेरै होलान हाम्रो माया फक्रीएको हेर्न नचाहनेहरु
पाउँछु कि पाउन्न तर मेरो,उध्यान मा किन फल्दैछ?

हजुरहरुलाई यो गजल कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिकृयाको अपेक्षा गरेको छु ।
धन्यबाद

नवराज ” नबोदित ”
लेगुवा,धनकुटा