Category Archives: कविता

चारैतिर तिमीलाई खोजे

64_yogendra

योगेन्द्र गिरी ‘संघर्ष’

चारैतिर तिमीलाई खोजे तिम्रो माया पाउन सकिन कतै
मलाई एक्लै छोड़ी पराइसग भुल्दै छौकि कतै

सोचेको थिइन तिमीले मलाई धोका दिन्छौ भनेर
भुल भएछ तिमिसग माया गास्न नि कतै

मसगको प्रेममा के खोट थियो र छाडी गयौ
मलाई पागल सरी भनएर तिमीले महल पो पायौ कि कतै

संघश गरी यो स्वाथी दुनियामा एक्लै जिउने कोशिष गरिरहेको छु
मलाई जस्तै अरु कसैलाई पनि प्रेमको नाटक पो गर्दै छौकि कतै

धुपू-१ लेब्रंग
संखुवासभा
कोशी- नेपाल
इमेल- yogendra.yogen@yahoo.com

“पत्थर जस्तो म”

dashain9 दशु राई

प्रभु! प्रणाम
हे ब्रहमाण्डका पिता
हजुरको हुकुम बक्स भए
म आफ्नो अस्तित्व
पत्थर मा खोज्न चाहन्छु ।
चौरासि हजार जुनि छैन
किन पत्थर?प्रश्न उठ्छ भने
प्रभु हजुरको अपार् सृस्टि यो
जन्म मृत्यु,मिलन बिछोड
सानो ठुलो ,धनि गरिब
एकको प्राण अर्काको ज्युने आधार
उफ् यस्तो उकुसमुकुस
प्रभु हजुरको जस्तो चल्ने भए
सारा ब्रहमाण्डका सजिबलाई
पत्थरमा परिणत गर्ने थिए
अनि निदाउथेँ हुँला म पनि सदियौ पत्थर् जस्तै
मलाई ज्ञान छ प्रभु हजुरको
सृष्टिको नियम् बिपरित म माथि
ज्यामिको मार्तोल बजारे पनि
अथवा
गर्जदै बज्र बजारे हजुरको
म ऐय्या नभनि बसुँला प्रभु
तर,ति सारा तमाम पत्थरहरु
अट्टहास हाँसो हाँस्न सक्छ
हा… हा… हा…हा…
अझ लाखौं टुक्रा पार्नुस् प्रभु
झनै रौनक थपिने छ
हा…. हा….. हा…..
किन भने पत्थरको मन हुँदैन
प्रभु!सारा तमामलाई
माफ गर्नुस् केबल एकलाई पनि
पिडाको बोध हुँदैन
किन भने प्रभु
पत्थरको मन हुँदैन!!

मोरङ्,जहदा-१ केरौन
email-dashurai@yahoo.com