मुस्कान का बान्किहरु

गजल

मुस्कान का बान्किहरु ओठमा छरौंछरौं लाग्यो ।
एक्कासी राख्यौ प्रेमप्रस्ताब के, गरौंगरौं लाग्यो ।

नजुध्नु जुध्यो नजर आज ,नजर सँग यस्तो गरी
एकोहोरो तिम्रो नजर सँग सिंगौरी, परौँपरौँ लाग्यो ।

चोर जस्तै सुरुङ खनि ,पसेछौ मेरो नजर भित्र
मलाई भने तिमी भित्रै डेरा ,सरौँसरौँ लाग्यो ।

माया गर्न भनि जसै ,अघि बढ्यौ प्रिये
प्यासी तिम्रा अधर भरि अमृत भरौँभरौँ लाग्यो ।

मेरै लागि बाँच्छु भन्छौ ,बाँकी तिम्रा सारा जीवन
मलाई भने समर्पण को मृत्यु ,मरौँमरौँ लाग्यो ।

युके ,समिप

नोट-यो गजल लाई मैले उज्यालो नेशनल नेट्वर्क को लोकप्रिय साहित्यिक कार्यक्रम बुलबुल बाट साभार गरेको हुँ ।

टिप्पणी छोड्नुहोस्