Daily Archives: नोभेम्बर 12, 2010

अतितका ती पलहरु

भगवती बस्नेत

गजल

सक्छौ भने फिर्ता देऊ अतितका ती पलहरु
धेरै गर्यौ जिन्दगीमा नमिठा ती छलहरु!!

केही गल्ती तिम्रा भए धेरै-थोरै मेरा पनि
रंगिन जीवन बन्ने थियो भए कुनै हलहरु

पलाउँछ कि मुना भन्दै ऋतुहरु कति गए
विष माझ अमृत बन्ने, ब्यर्थ भए बलहरु

अनायसै आज तिमीले मेरो प्रेम लत्याउँदा,
सुक्न गार्हो भएकाछन् आँसुका यी भलहरु