Daily Archives: नोभेम्बर 23, 2010

यता एक्लै

-अविरल अधिकारी

गजल

यता एक्लै रंग्याउँदै छु, जिन्दगीका पानाहरु
उतापनि भिज्दै होलान, जवानीले नानाहरु

विपनीमा एक्लै बोल्छु, हाँस्छु रम्छु एकान्तमा
विना संगीत सपनीमा, गाउँछु अनि गानाहरु

जिन्दगीको यात्रागर्दा, विवसताले जितेपनि
उड्ने छैन पिरतीमा, ओतिएका छानाहरु

हाम्रो भेट्मा वसन्तका, हरियाली छाएपछि
सन्तुष्टिले भर्नुपर्छ, रित्तोमनका मानाहरु

हेटौडा मकवानपुर