Monthly Archives: जुन 2011

माया एउटा सँग

पछिल्लो समयमा सर्बाधिक रुचाइएको अन्जु पन्तको आवाज मा रहेको गीत
माया एउटा सँग बिहे एउटा सँग
यस्तै रैछ भाग्य लेख्ने नियम देउता सँग !
हेर्नुहोस !

सभासदहरुलाई निम्तो कुकुर तिहार मा

सरोज थापा

श्रीमान सभासद ज्युहरु ,
तपाइहरुको पार्टीगत अभिबादन त म उती सारो जान्दिन के के भन्नु हुन्छ,शायद जयनेपाल,लालसलाम आदि इत्यादी।तर म एक नेपाली हुनुको नाताले मन लागि नलागी पनि नमस्कार भन्न चाहन्छु सबैजनालाई समग्रमा।
म स्वस्थ छु तर आरम छैन तपाइहरु जस्तै बन्न सक्ने हो भने दुख्ने कुनै बिराम छैन् ,छतीभरी देश दुख्छ के गरु बर्शौ भयो खोजेको निदान छैन तर लाचर जिउदै छु अनी तपाइहरु आरम हुनु हुन्छ होला सायद।”बेरोजगारी”बिरामीको लक्षण देखा परेको थियो त्यो पनि तीन महिना सम्मको लागि ओखती पाइहाल्नु भएछ खुशी लाग्यो यो खबर सुन्न पाउदा अनी साथै श्री पशुपतिनाथसग तपाइहरुको यस्तै शुभ समाचार सुन्नपाऊँ भनि कामना गर्दछु यहि रेगिस्तानबाट ।
बिशेष लेखनिय र उल्लेखनिय खबर त केनै छ र जुन तपाइहरुले सुन्न बाँकी होस् र देख्न बाँकी होस।तथापी देश छोडेर हिंडेको आज झन्डै तीन साल बितेछ त्यो बीचमा तपाइहरुलाई सम्झिएर पनि आरम बिरामको खबर सम्म पनि पठाउन सकिन आफ्नै बाध्यताहरु थिए त्यसैले आज अतिनै न्यास्रो लागेर एउटै पत्रमा भए पनि सबैजनालाई सम्झिने कोशिस गरेको छु।हुनत पहिले मैले चिट्ठी खबरनै गरेको भए पनि हजुरहरु सग पढ्ने समय पनि त हुन्न थियो होलानी हैन र?ती लाखौं जनताहरुले जिम्मा लगाएको संबिधान लेख्ने कामलाई त कुनामा थुपारेर सहमती खोज्नमा ब्यस्त हुनु भएको तपाइहरुलाई मेरो चिट्ठी त झन गौण हुन्थ्यो होला ।
शायद भुल्नु पनि भयो होला मलाइ तपाइहरुले धेरै पो भएछ त तपाइहरुले नयाँ संबिधान दिन्छौ भन्दै भासण गर्दै हिंडेको अनी म कहीले कुन पार्टीको त कहीले कुन पार्टीको झोला बोकेर पछि लाग्दै हिंडेको । मैलेत भूली सकेछु हिजो अस्ति भर्खरसम्म संबिधान हुँदा हामि कानुन भित्र बाधिएर बसेको दिनहरु,अहिले त गाऊघर बस्ती अनी सिंगो देशमानै कानुन छैन कति स्वतन्त्र छौ हामि न कुनै बाधा ब्यबधान छ,न कुनै रोकथोक जे गरे पनि हुन्छ धन्यबाद् तपाइहरुलाई अनी आभारी छौ त्यति ठुलो स्वतन्त्रता दिनु भएकोमा । खै कुन राजाको पालामा हो प्रजाहरुलाई मनमा लागेका कुराहरु बोल्ने मौका प्राप्त होस् भनेर एकदिनको लागि “गाईजात्राको” ब्यबस्था गरिएको थियो रे अनी त्यसैलाइ प्रजाहरुले मनोरन्जनकानीम्ति दुई दिन मनाउन थाले बिस्तारै सात दिन अर्थात “गाईजात्रे सप्ताह” मनाउन थालेका थिए तर जब तपाइहरुले ठाउँ पाउनु भयो त्यसलाई लतक्कै बढाएर तीन बर्ष पो बनाउनु भयो अझ त्यसलेपनि नपुगेर तीन महिना अरु थप्ने योजना अनुरुप थप्नु पनि भयो वास्तबमै हामि धेरै भाग्यमानी रहेछौ लगभाग चालिस महिना गाईजात्रा मनाउन पायौ,त्यस्मा पनि अती खुशी छु शायद सबै नेपालीहरु खुशी छन् र त्यहि खुसियालीमा दिपावली मनाउने रहर पालेर बसेका होलान बरु हजुरहरुलाई अप्ठेरो लाग्दैन भने एकदिनको लागि खुसियाली साथै दिपावली मनाउनको निमित्त भनेर झ्याली पिटाइ दिनुस् ,देशमा समाचार बोक्ने परेवा र कागहरु सकिए पनि प्रसस्त एफ एम रेडियो र टी भी च्यानल हरुत खुलेकै छन् क्यारे ।
ए म त मेरो आफ्नो औकात भन्दा बाहिर गएर तपाइहरुलाई सुझाब पो दिन थालेछु , एउटा जाबो जनतासग तपाइहरुलाई सुझाब दिने अधिकारनै कहाँ हुन्छ र?उनीहरु त केबल आफ्नो बहुमुल्य मतलाई दान गर्ने मात्र हुन,अनी तपाइहरु त्यहि मत बेचेर सत्ता किन्नु हुन्छ धेरै माथी पुग्नु हुन्छ तर त्यो आफूसग भएको मत पनि दिएर पठाउने जनताहरु कुकुरले कहीले कवाफ पकाएर खान बोलाउछ र पेटभरी खाएर आनन्दले निदाउला भनेर हातमा खाली थाल बोकेर कुरी रहन्छन आस्वशनको छहारीमुनी,धन्य हौ हामी जनताहरु।
माननिय ज्युहरु,आज तपाइहरुलाई बिशेष गरेर निम्ता गर्नको नीम्ति चिट्ठी लेख्न लागि रहेकोछु। थाहा होलानै अङ्रेजी पात्रो अनुरुप “मे” महिनाको अन्त्य भई सकेको छ ।”जुन” महिना त तातो महिना त्यस्तै नेपालमा पनि तातो त बढी सकेको होला तर पनि हामि यो सिउडी फूल्ने बगरमा दिन बिताउनेहरु लाई त्यहा को तातो केही होईन।त्यहा जति तातो हुन्छ यो गर्मीको मौसममा अनी हाम्रा चेलीहरु त्यहि गर्मीको बहानाले थोरै कपडा लगाएर हिड्छन त्यति तातो त यहाँको जाडो महिना हुन्छ तर पनि यहाँका सबै मान्छेहरु बार्हैकाल उस्तै कपडा लगाएर हिड्छन।खै यिनीहरुलाई गर्मी हुदैन होला र? हुदो होनि तर बिचराहरु के गरुन् यहाँको कानुननै त्यस्तै छ।हाम्रो जस्तो भाग्य कहाँ छ र यिनीहरुको मनोखुशी गर्न पाउने ।अनी कानुन कार्यान्यन गर्ने हरुपनि तपाइहरु जस्ता छैनन “सुताहा”।माननिय ज्युहरु मैले यहाँ ठुला ठुला बगरहरु खाली देखेको छु।अनी नेपालीहरु पनि उत्तिकै छन सम्भवत युबाहरुको कुरा गर्ने हो भने त त्यहा भन्दा यहाँ नै बढी छौ तर बच्चा र ब्रिद्धहरुको पनि गणना हुने भएकोले त्यहिको जनघनत्व बढी होला तर राष्ट्रको दु:ख बुझ्ने र अभिभारा बोक्ने छाती चै यहि छन् त्यहा भन्दा बढी, फरक यति हो की बिबसताका कारण दौरा सुरुवाल लगाएर भाशण गर्न सक्दैनन पाउदैनन तपाईं हरुले जस्तो।त्यसैले यो तपाइहरुले थप्नु भएको गाईजात्राको समयावधीमा आउनुस् यहाँ अनी सबै सगै बसेर मनाउ यो गाईजात्रा त्यहा बसेर त त्यो काठमाडौंको चिसो मौसम अनी ए/सीको हावाले तपाइहरुको निन्द्रानै नहट्ने रैछ!शायद यो पचास भन्दा बडी तापक्रम भएको मरुभुमीमा केही दिन तौली धानलाई बिस्कुन लगाएझै उटहरुको बिस्टाको गन्ध र सिउडीको घोचाइसग बिनापानी तड्पिदा रास्ट्रियताको तिर्खा जाग्छकी ?
अर्काको कानुनभित्र कैदी जस्तो बनेर घरको दु:ख सम्झिदै जे भने पनि सहेर पसिना बगाउनु पर्दा आफ्नो देशमा बढिरहेको अराजकताले चिमोट्छ की?त्यो लिदी भरिएको सत्ता मोह र भत्ता भक्तिले गाजिएको खोपडीभित्र कानुन र संबिधानको अर्थ र महत्व घुस्छ की?त्यस पछि थाहा हुन्छ की परदेशमा रहेका नेपालीहरु किन दुख्छन यो देशको दु:ख भनेर।त्यसैले हे भात खाने गोरुहरु हो मेरो निम्तोलाई स्विकारेर यहाँ आउनु यहिको कठोर कानुनको जोतारोले कस्छौ तिमीहरुलाई, बाध्यताको हलुडमा गरिबीको हलो झुन्डाएर सिउडी घारीमा खस्रो बालुवा माथी पुच्छर निमोठेर जोत्छौ अनी बल्ल कायल भएर लेख्छौकी संबिधान। हैन भने त यो थप तीन महिनामा तिमीहरुले कुर्सीको भाग बन्डा पनि गरि सक्दैनौ अनी के लेख्छौ तीन बर्षमा नलेखेको संबिधान ।
जिउ भरी काडा उम्रिए होलान् यो रेगिस्तानको दु:खको बख्यान सुनेर।तिमीहरुले यहाँ आउने त सम्झिने पनि आट गर्न सक्दैनौ किनकी जति जोतिनु त हामि जोतिएर पालेकै छौनी तिमीहरुलाई अनी तिमीहरुका बिलाशी परिवारलाई त्यसैले मैले तिमीहरु यहाँ आउछौ भन्ने आश त कत्ति पनि राखेको छैन तर पनि भनि टोपलेको मात्र हुँ।मलाई थाहा छ तिमीहरु गरि खाने हुती भएका मान्छे हैनौ यदि हुती थियो भने यो समयावधी भित्र संबिधान दिएर फर्की हाल्थ्यौ नी आफ्नो हलो कोदालो स्यिहार्न।त्यो आट नआएर त हो नी तिमीहरुले म्याद थप गरेको।बिचरा तिमी हरुको पनि त आफ्नै बाध्यता छन् नी है।परिवारको दुईछाक टार्नै पर्‍यो।बाल बच्चा पढाउनै पर्‍यो। चाडबाढ आउछ नयाँ नयाँ फेशनका कपडा र गहना निस्कन्छन श्रीमतीलाई हालिदिनै पर्‍यो।हिजो महङी उस्तै बढायौ जुन भोलि सभासद भवन छोडेर बाहिर निस्कने बित्तिकै तिमीहरु माथी पनि आइलागि हाल्छ अरिङालको गोलो खन्निए झै । यी सबैबाट बाँच्न पनि भित्रै बस्नु उचित छ, सम्बिधान त लेख्दै गरुला नी आखिर काम चलेकै छ।त्यसैले जे गर्यौ राम्रै गर्यौ भाग्यले दिएको आप हो सकेसम्म चुस्नु पर्छ नत्र नेपालमा रोजगारीको स्थिति त्यहि हो,हामिले झै मरुभुमीको बालुवा चपाउनु पर्छ हरेक साझ बिहान लालाबालाको पेटमा जाउलो हाल्न।गुलामी र निगाहको राशन खाएका तिमीहरुसँग कहाँ छ र बालुवा पचाउने क्षमता ।।
तिमीहरु आउदैनौ।संबिधानपनि लेख्दैनौ भन्ने जान्दा जान्दै पनि निम्ता गर्ने म पनि उस्तै मुर्ख हुँ।तर यति धेरैपनि हैनकी तिमीहरु नआउँदैमा हाम्रो भेटनै हुन्न सम्म भनु। यदि तिमीहरुकै कारण मेरो देशका सबै जोशिला युबाहरु बिदेशमा पशिनासग पैसा साटिरहेको अनी देश बिना कानुन बर्सौ लागाम बिनाको घोडाझै यता उती लर्खरी रहेको मौका पारेर सत्रुले आक्रमण गरेर मेरो सथमा भएको राहदानी यो संसारमा आमान्य भएनछ भने,म जहाँ पशिना बगाइ रहेको छु त्यहि शरणार्थी भइनछु भने यो बर्षको दशैंमा घर फर्किने योजना बनाइ रहेको छु।त्यति बेलात पक्कै भेट होला।दशैमा त तिमीहरु सग बसेर के रमाइलो गर्नु र?तर त्यति बेला सम्म पनि संबिधान लेखेनौ भने तिहारमा चै पक्कै तिमीहरुसग रमाइलो गर्छु।म स्कुले जीवन बिताइ रहेको बेला होला एउटा सानो कुकुर पालेको थिए।खुब माया गरेर राखेको थिए तिमीहरुलाई जस्तै तर धेरै जान्ने भएर फ्याउ फ्याउ भुकी हिडेछ चितुवाले न्याकी दियो ।त्यो हुँदानै होला शायद कुकुर तिहार राम्रोसग मनाएको थिए।त्यस पछि त अरु कुकुरहरु मनाउन पनि मन लागेन समय ले पनि साथ दिएन तर यो साल भने रहर पनि जागेको छ र समयले पनि साथ् देला जस्तो छ ।बाध्यताले परदेश हिंडेको छु तीन बर्ष पछि मनाउने योजना हो,मेरि बहिनिपनि खुब खुशी छिन,मेरानीम्ति माला गास्न मखमली र सयपत्रीका बेर्नाहरु श्यिहार्न थाली सकेकी छिन रे,तर मैलेपनि भनि सके की मखमली माला बरु गास्न भ्याएनौ भने ठिकै छ मेरो शिरमा एक थुङा फूल राखी दिए हुन्छ तर यो साल धेरै कुकुर फूल हरु फुलाएर ६०१ वटा माला गास्नु कुकुर तिहारको बिहान सम्ममा जसरी पनि,भाइटिका मनाउने भन्दा पनि कुकुर तिहार मनाउने खुब ठुलो सोख छ मलाई।
बैनी त एउटी मात्र हो अलिक भ्याउन्न की भनेर भुन्टेकी आमालाईपनि यो सालको तिहारमा माइत नजानु भनेको छु।उसले पनि हुन्छ भनेकी छे,शायद यति धेरै कुकुरहरुको एकै पटक पुजा गरिएको रमाइलो हेर्न होला नत्र त यो मामिलामा कम्ती कडा थीइ र उ । त्यस्तै तिमीहरुको स्वागतमा मेरो परिवार अहिले देखिनै जुटेको छ रे साथै छर छिमेकीहरुलाई पनि सहयोगको नीम्ति बोलाएको छु,बहुत उत्साह देखाएका छन्।सबैतिरको बाताबरण हेर्दा यो सालको कुकुर तिहार खुब रमाइलो र भब्य हुने आशा राखेको छु,त्यसैले माननिय ज्युहरु जसरी पनि उपस्थित भई उक्त पुजाको शोभा बढाइ दिनु होला। यो ऐतिहासिक कार्य मेरो मात्र रहर नभएर मेरा सम्पुर्ण गाऊलेहरुको ईच्छा हो अनी तपाइहरु जस्ताका नीम्ति देशकानीम्ति केही बनेर देखाउने स्वर्णिम मौका पनि हो।आगामी चुनावमा मत माग्ने लगानी पनि हो।।
एउटा ठुलो आशा अनी विश्वाश छ मेरि बहिनिले दु:ख गरेर गासेकी ६०१ कुकुर फूलका मालाहरु ओइल्याउने छैनन। तपाइहरुका गलामा चड्न पाउदा शायद ती कुकुर फूलहरुले पनि आफूलाई धन्य सम्झने छन्। मेरो घरसम्म आउन त्यति दु:ख पनि त छैन । बसमा त चड्नु हुन्न होला सबैलाई पुग्ने पजेरो छैन होला नेपाल सरकारसग त्यसैले सरकारी हवाइ जहाज चल्छ त्यहा तपाईंहरुलाई पैसा पनि लाग्दैन टिकेट नपाउने डर पनि छैन। त्यसैले जसरी भए पनि आउनु होला,मेरो चुले निम्तो छ संबिधानसभालाई यो आउदो कुकुर तिहारको दिन पुजा ग्रहण गर्न।।
आउने समयमा बाटोमा कुनै समस्या पर्‍यो अथवा संबिधान बनेर रोक्यो भने यहि पत्र प्रेशण भएको ठेगानामा संपर्क गर्नु होला म तपाइहरुको सहयोग र सेवामा हरपल तयार छु ।
जय संबिधान सभा अनी सभासदहरु ।।।
जय होस् नेपाली को ।।।।

यो चर्को घाम देशको नाम लिएर जिउछु ।।
यो मरु भुमी पाहिन्न पानी पसिना पिउछु ।।
घरको दु:ख परको बास आँखामा बलेनी ,
यो पापी धन फाटेको मन सुस्तरी सिउछु ।।

उही तपाइहरुले भुलेको जनता रेगिस्तानबाट
प्रबासी नेपाली ।।

कथा-भ्रम

अनुप जोशी

कथा-भ्रम

वसन्त ऋतुको प्रादुभावमा वरिपरिका लतागृह एवम् पंक्षी जगत मुस्कुराइरहेका देखिन्छन् । क्षितिजमा अल्पसंख्यक वादलु गणहरु दिशाहिन भएर यताउती छट्पट्याइरहेका छन् भने आजको पुनर्जन्म पश्चात सुर्यको यात्रा चरम उत्कर्षमा पुगेको छ । वार्सिलोनाको कुनै फराकीलो , चिल्लो कालोपत्रीय सडकमा हुँइकिरहेका सयौँ सवारी साधन मध्येको यौटा सानदार कारमा अनवरत मनोचाहनाहरुलाई कोलाकोला गर्दै कुलेलम ठोक्दो छ प्रमिथस पनि । आधुनिक आभुषणमा झकिझकाउ भएर सहरका नर-नारीहरु , युगल जोडीहरु सडकका छेउछाउबाट ओहोर-दोहोर गरिरहेका देख्न सकिन्छ । परन्तु मनमा उम्रिएका काउसोजस्ता धारणाहरुले असह्य अवस्थामा पुगेको प्रमिथसलाई यी यावत कुराहरुको फित्तलो प्रभाव मात्र रह्यो ।

आँखाको अगाडी चस्मा ठडीए जसरी झुम्मीरहेका त्यी दृश्यहरु अनि वहिरो भान गराउने त्यी आवाजहरुको यादगार चहलपहलमा प्रमिथस मानसिक कमजोरीको सिकार बनेको छ , अरु दिन भन्दा असाधारण देखिन्छ । आज उसको कारको गतिमा कुनै नियमितता छैन , जीन्दगी झनै विराग लाग्दो ! कडा परिश्रमका उपज उसँग आज सम्पति छ , मान मर्यादा छ , इज्जत छ । फेरी पनि ऊ मनै मन गुम्सिएको छ , मनै मन एक्लिएको छ । प्रमिथस र मेलिनाको बिहे भएको चार वर्ष गुज्रिसकेको छ । कलेज पढ्दा देखिनै मेलिनासँग माया गाँसिएको थियो उसको । उसका पहिला प्रेम प्रस्ताबहरुलाई वहिस्कार गरेकी थिई मेलिनाले । तर मायाले माया जन्माउँछ भने झैँ दुवैको सामिप्यता बढ्यो , बिहे भयो । जागिरको मारमा अल्झिएका दुवै व्यस्तताका बाबजुत मायाका मुस्कानी फूलहरु फूलाउँथेँ , विश्वासको ऐँसेलु फल्ने गर्थ्यो । उसले कल्पना सम्म पनि गरेको थिएन की जसको मायाको कंचनतामा मग्न भएर जीवन रङ्गै रङ्गले सजिएको पाइन्थ्यो आज उसैले मनको जहाँज डुवाएर एक्लै किनारातिर छुट्टिन चाहन्छे ।
मनको कुरुप बन्दै गएको क्यानभाषमा त्यीनै काला आकृतिहरु ताजा ताजा बनेर उत्रिन्छन् । सम्झदैँ जान्छ – ऊ आज बिहान सवेरै उठेर बाथरुममा नुहाउँदै थियो ।बाहिर फाट्टफुट्ट आबाज सुनियो जून मेलिनाको थियो । उसले फोनमा कुरा गर्दैछे भन्ने कुराको पनि चाल पायो । स्पष्ट बुझिँदैनथ्यो तर मेलिना भन्दै थिई ” . . . . .. . .यस्तो लोग्नेसँग कसरी बस्न सकिन्छ ?. . . . . . . .कुरा मिल्दैन. . . . . . .झगडा पर्छ. . .. . . . DIVORSE गर्नुपर्छ . . . ” जम्माजम्मीमा मेलिनाका यी शब्दहरु बज्र जसरी ठोकीए उसको कानमा । ऊ झसङ्ग भयो , दिलको धड्कनको रफ्तार बढ्यो , बेसुरे- के गरुँ , के नगरुँ , उसलाई होस भएन । एकाध शुन्यता छायो , सन्नाटा छायो , छ सय भोल्टको करेन्ट लाग्यो उसलाई ।
केहिबेर पछि बल्लतल्ल लुगा फेरेर बाहिर निस्कीयो । मेलिनालाई भेटेन , उसको गाडी पनि घरमा थिएन । अब झन् मन कुँडीयो , सबै सपना जस्तो लाग्यो उसलाई. . . . .। आखिर कारण जेसुकै होस् अब उसलाई पुर्ण विश्वास भैसकेको थियो की मेलिना ऊ बाट छुट्टिन चाहन्छे ।

यसरी नै स्मृतिका घाँघर बजाएर , मन भरी तर्कना-वितर्कना खैनी खेलाएझैँ खेलाएर आफुलाई सम्हाल्ने प्रयत्नमा जुटेको छ प्रमिथस । उसका प्रयत्नहरुको बेकामी पटक पटक उसका आँखा छलेर पोखिने अश्रु लहरले प्रस्ट्याउँछन् । . . . .झट्ट आफू अफिस जान लागेको हूँ भन्ने कुरा सम्झन्छ , घडी हेर्छ नौ-बीस भएको हुन्छ । आज सँधैभन्दा करीब आधा घण्टा अगावै घरबाट निस्केको थियो ऊ । सबेरै अफिस जान उचित मानेन , त्यसैले आफ्नो गाडी छेउकै पार्क तिर हुल्यो ।
प्राय जसो पार्कमा मनोहर वातावरण खोज्दै विवाहित /नवजोडीहरु प्रेमका मिठा बात गर्न आउने गर्छन् अनि फाट्टफुट्ट व्यक्तिहरु चिन्तन मनन गर्ने हेतुले यता छिर्छन् । फुलै फुलले सजाइएको उद्यान , रमाइरहेका जोडीहरु. . . . . निकै मनोरम देखिन्थ्यो यो पार्क । प्रमिथस यौटा बेन्चमा गएर बस्यो । लामो श्वास फेर्यो . . . . . . . .। उसको नजर सामुन्ने एक जोडा युवा युवती प्रेममा घुलेर अङ्कमाल गर्दै चुम्बन लिइरहेका हुन्छन् । त्यी केटा केटीहरु अन्दाजी 20-25 वर्षका थिए होलान् । उत्तेजनात्मक अवस्थामा युवकको दुवै हात युवतीको बक्षस्थलसम्म पुगेर थोरै उठेको छातीसँग जिस्किरहेका हुन्छन् , ओठै ओठ जोडेर आनन्दपुर्ण चुम्बनमा रमिरहेका देखिन्छन् । केटा केटी आफ्नै धुनमा मस्त छन् , प्रमिथस आँखा घुमाई घुमाई त्यतै तिर भुल्न पुग्छ । यत्तिकैमा उसलाई आफ्ना सुरु-सुरुका विवाहित जीवनको याद आउँछ
मलिना -ज्योतीका लहरहरु सम्प्रेषण गर्दै घामले विहानी भित्र्याएको थियो । अझै पनि ओछ्यानमा प्रमिथस र मेलिना अङ्गालिएर निदाइरहेका थिए । खाटको सिरानी तल भुइँमा खसेको थियो , तन्ना पुरै बिग्रिएको थियो ।प्रमिथसको आँखा खुल्यो , आफ्नो अर्धनग्न शरीर ढाक्यो र हातमुख धोएपछि चिया-नास्ता बनाएर ल्यायो । तर दुर्भाग्यवश ढोकामा अल्झिएर चिया पोखियो- उसको घुँडा हुँदै खुट्टा सम्म पोखियो । चिया सेलाई सकेकाले उसलाई खासै पोलेन । मेलिना जर्याक-जुरुक उठी र अत्यन्तै आत्तिई , त्यसपछि फ्रिज बाट केहि बरफका टुक्रा र औसधी ल्याएर लाइदिई । आफुप्रति मेलिनाको माया देखेर प्रमिथस निशब्द रह्यो , आँखाको तलाउ भरियो । मेलिनालाई अङ्गालोमा बाँध्यो , त्यसपछि उनीहरुले त्यी युवक-युवतीले जस्तै गरी चुम्बन लिएका थिए , माया साँटेका थिए । उनीहरुको वैवाहिक जीवन ज्यादै सुखमयी गुज्रिँदै थियो , माया नै मायाको अमृतले भरीएको थियो । तर आज उसको जीवनमा जे भएको छ त्यसको चिसोले कठ्याङ्ग्रिरहेको थियो प्रमिथस । मेलिनाले उबाट DIVORSE चाहनुपर्ने कुनै कारण थिएन प्यारो जीन्दगीमा । कमसे कम उसको नजरमा चाहिँ कुनै कारण भेटिदैनथ्यो ।

यस्तैमा फेरी उसको नजर घडीतर्फ मोडीयो , 10:50 भैसकेको सुचना पायो । अफिस पुग्न ढिला हुने डरले ऊ त्यहाँबाट निस्कियो र कारलाई गति दिँदै अफिस सम्म पुग्यो । उसको परीवर्तीत र असन्तुलीत मुद्रा देखेर बाँकी कर्मचारीहरु ऊ तिर घोरिएर हेर्दै थिए । ऊ छिटो-छिटो आफ्नो कार्यकक्षमा पुग्यो र आफ्नो काममा लाग्न थाल्यो । परन्तु उसको मष्तिष्कमा अझै पनि खल्बल्ली मच्चिरहेको थियो , ओठमा कलेटी परेको थियो , हात काँपीरहेको थियो । ऊ यसै-यसै विचलित थियो , काममा जाँगर थिएन , लगाव थिएन ।
अचानक प्रमिथसको मोबाइल बज्यो , खल्तीबाट मोबाइल निकाल्यो . . . . .मेलिनाको फोन थियो ।. . . .झसङ्ग भयो , पसिना काट्यो ‘कतै DIVORSE SIGN गर्न भनेर फोन गरेकी त होइन ?. … . .हो हो ! त्यस्तै हुनुपछ्’ मनमनै कुरा खेले . . . . . . . .बडो हिम्मतका साथ फोन उठायो “हे. . . . . ल….. ओ. . .” “प्रमिथस , हेर न ! मेरो साथी रीयालाई उस्को पतीले निर्घात कुटपिट गरेछ. . . . धेरै अघिदेखि उनीहरुको सम्बन्ध बिग्रिएको रहेछ , अहिले पुलीसले समातेको छ . . . . . . . . . .अनि रिया हस्पीटलमा छे . . . .मैले त हतार हतारमा तिमीलाइ थाहै नदिकन यहाँ आएँ. . . . . . .नरिसाऊ है मेरो ज्यान म भोलि फर्किन्छु . . . . . .” प्रमिथसको मनमा जमेको हिऊँ पग्लियो । “हुन्छ बाबा . . . . . .” अरु केहि बोल्न सकेन , फोन राखियो । लामो श्वास फेर्दै खल्तीबाट रुमाल झिकेर पसिना पुछ्यो ।

रत्नपार्कले


प्रिन्स प्रकाश शाही

गजल

हामी जस्तै नेपालीलाई पालेको छ रत्नपार्कले !
कत्तिको त चुलो नै पो बालेको छ रत्नपार्कले !

जसले भुले आफ्नो बाटो जवानीको प्रदर्शनमा
सिकिस्त र रोगी बनाई ढालेको छ रत्नपार्कले !

दैब तैलेँ निठुर बनी एक्ल्याएकी फूलमायाको
च्यातिएको घाँघर पनि टालेको छ रत्नपार्कले !

सत्तातिर अर्जुनदृष्टि कसले ख्याल गरिदियोस्
सुस्त सुस्त कुटिल चाल चालेको छ रत्नपार्कले !

स्वार्थ बोकी आउछन् जान्छन् भिन्न-भिन्न मान्छेहरू
बाध्यतामा आफ्नो इज्जत फालेको छ रत्नपार्कले !

सुनारपानी-९, रामेछाप
हाल: काँडाघारी, गोठाटार काठमाडौँ ।

फेरी पनि तस्बीर भित्र मेरो प्यारो जन्म भुमि धनकुटा

सिरान बजार धनकुटा मा ढुंगामा कुंदिएको कलात्मक मुर्तीहरु
**********************************************************

धनकुटा बहुमुखी क्याम्पस
**********************************************************************

लेगुवा र चानुवा गा.बि.स को प्रतिनिधित्व गर्ने केहि तस्बीरहरु
***********************************************************************
*

सल्लेरी बन
***********************************************************************

सल्लेरी बन को बिचमा अबस्थित सरस्वती प्राथमिक बिद्यालय
***********************************************************************

धनकुटाको मा लाग्ने साप्ताहिक बिही’bout हाट
***********************************************************************

धनकुटाको राजारानी गा.बि.स मा अबस्थित प्रसिद्ध राजारानी ताल
***********************************************************************

सृङ्गारिक गजल

-कल्पना भाबुक

गजल

ढोका खुल्लै राखेको थें झ्याल् बाहिर बस्छु भन्यौ
झ्याल खोली ढोका थुने फेरी भित्र पस्छु भन्यौ ।
**
अनौठो छ बानी तिम्रो नजानिंदो लजाउँने
समिपमा आइ फेरी आसुँ बनी खस्छु भन्यौ ।
**
सम्झाएर नसकिने आधा पागल् रैछौ तिमी
ठाउँ देउ अलि कती त्यै दिलमा फस्छु भन्यौ ।
**
डराउँदै हुन्छ भने मुटु ढुक् ढुक् गर्दै थियो
मदहोसी बन्दै फेरी अंगालोमा कस्छु भन्यौ ।
**
जित्दै थियौ मेरो मन तानिदै थें तिम्रो सामु
च्याप्प पारी टास्यौ अनी तिमीलाई डस्छु भन्यौ ।

काठमाण्डौ
हाल-इजरायल

डर लाग्छ

गोविन्द भाबुक

गजल

टाढै बस नजिक आउनु, हुन्न डर लाग्छ
काट्लान् कुरा दुनियाँले, छुन्न डर लाग्छ ।
**
के सोचेको थिएँ हिजो, कस्तो दिन आयो
कुकर्मको लान्छना ती, सुन्न डर लाग्छ ।
**
कस्को दोस मानु मैंले, जोरी पारी हाँस्दा
तिमीनै हौ जीवन् भनी, चुन्न डर लाग्छ ।
**
उर्लिएका आशा हरु, बग्छन् भेल सरी
सपना को महल त्यो, बुन्न डर लाग्छ ।
**
फेरिए झैं ॠतु हरु, फेरिएन समाज यो
बेमौसम् मा फुल्यौ तिमी, तुन्न डर लाग्छ ।
**

कविता -विदेश बस्ने छोरालाई चिट्ठी

बुद्धि प्रसाद उपाध्याय

कविता

पहिले
तिमि थियेउ शान थियो
छोरी चेली बुढा पाका
सबको ठुलो मान थियो
गाउँको धे………रै नाम थियो
साथि संगी सबै जुटथेउ
चाड-पर्ब रसिला हुन्थे
सबका मुहार हँसिला हुन्थे
जिउ डाल कसिला हुन्थे
हात्ती बोक्ने बल जुटथ्यो
बाँसका बोटमा चामल फलाउने
गजव गजवका सिप जुटथे
गाउँमा सहकालई थियो बाबु ,
बैरी आई हुंकार गर्दा
तिम्रा सिंह-गर्जनको फेला पर्दा
अधोबस्त्र भिजाऊंदै पर सर्दा
गर्वले छाती ठुलो हुन्थ्यो बाबु ,
रात विरात सडकमा निर्धक्क डुल्थ्यौं
अहिलेत ,
तिमि गयेउ सबथोकै गयो
सिंगो गाउँनै उराठ लाग्दो भयो
हरिफुपा ,कृष्ण भेना
सन्तमान र शेरधन दाई
पल्लाघरे साँइलो माथ्लाघरे भाई
सबै टामा-टिमी छन्
सम्साँझैँ ढोका थुनी भित्र पस्छन
खिन्न मन लिई बुढा बुढी बस्छन
चाडपर्व आउँछन् जान्छन
बातावरणमा रौनक छैन
कसैमापनि उल्लास छैन
अनुहारमा चमक छैन
आँगनमा आई झुत्रेले खोक्दा
बाटामा भुस्याहा कुकुरले भुक्दा
अपरिचितको घन्टी टेलिफोनले ठोक्दा
मुटु ढुक-ढुक हुन्छ बाबु
दिन भरिता जसै तसै
साँझ नपरिनै सडक सुन शान बन्छ
अस्ति मात्रै
तिमीलाई भाइटिका लगाई दिने
रुपकी राम्री छोरी हाम्री
पल्लाघरे ठुलिको रुपमै धावा बोले
दिन दहाडै बाटामा घेरे
मोटर साइकल हरुले फन फनी बेरे
धन्नै अपहरण गरे बाबु
जसो तसो जोगांयेउ
याँहाबाट भगायेंउ
अन्तै लगेर लुकायेंउ
तर के गर्नुर बाबु
साइँलालाई दिए धेरै हैरानी
घर पोलेर पारे खरानी
बल्ल बल्ल दमकल आई निभायो
मान्छे पनि चिनेउं
तर किटानी जाहेरी दिन हिम्मत भएन बाबु
दण्डहीनता धेरै बढेको छ देशमा
देशका चोक्टा लुछेका छन्
घिउ जुंगामा पुछेका छन्
यस्तै छ बाबु गाउँको खवर
उता सुन्छु
बालुवा पेली तेल झार्छौरे
पसिना बेची छाक टार्छौरे
बिदेशिलाईनै धनि पार्छौरे
विवश छौरे
घर फर्कन मन गर्छौरे
खर्चाभावले जिल्ल पर्छौरे
सुनेर मनै अमिलो हुन्छ बाबु ,
याँहा
तेलखानी सुनखानी
यार्सागुम्बा जडी बुटी
खहरे खोला नदीनाला
उर्बरभुमी हरियो बन
सबै तिम्रै बाटो हेरी बसेका छन्
त्यसैले
फर्क फर्काउ सबै साथि
हुन नदेउ अन्याय देश माथि
बिशेषज्ञहरु झिकाउ
गण्डकीको बालुवा चाल्ने बोटेलाई
हिमाली बुटी चिन्ने भोटेलाई
जंगल रुँगने राउटेलाई
खोलाको बेग चिन्ने माझिलाई
उर्बरभूमिका भूमिपुत्रहरुलाई
सबैलाई संगेट बाबु
सम्पदाको उपयोग गर
देशलाई उन्नत पार
नेपाल आमाको मुहार हँसाउ
आफ्नै देशको सिन्की गुन्रुक
साग सिस्नो अनि सिधो पिठो
गमेर हेरत कति मिठो
अन्तिममा
धेरै धेरै शुभकामना र
तिम्रो सिघ्र फिर्तीको चाहना राख्ने
…………..तिम्रो दुखी बुवा

बेला भएन र?

-लालकाजी श्रेष्ठ

गजल

अझै कत्ती सहने हो सोच्ने बेला भएन र ?
आँफै भित्र राष्ट्रियता जोख्ने बेला भएन र ?

दिनहुँझै धर्तीमाको पछ्यौरीको पल्ला दुख्दा
खुकुरीमा चाँदी रंग पोत्ने बेला भएन र ?

रक्तविज सरी भए भ्रष्टाचारी जुगाहरु
दैनिकीमा महाकाली डोब्ने बेला भएन र ?

छैन क्यारे!कोही पनि सद्कर्ममा रमाउने
कुक्रित्यको कालो न्रित्य रोक्ने बेला भएन र ?

डाहा खप्दै नीलकण्ठ हुनुपर्ने अर्थ छैन
नेपालीले तेस्रो आँखा खोल्ने बेला भएन र ?

कथा -“यस्तो पनि हुन्छ ?

निराजन प्रभात

कथा

म परीक्षाको तयारी गर्दै थिएँ आफ्नै कोठामा,बाहिर कसैले आवाज दियो को हुनुहुन्छ घरमा?म परीक्षाको तयारी गर्दै थिएँ आफ्नै कोठामा,बाहिर कसैले आवाज दियो को हुनुहुन्छ घरमा?मैले ढोकाबाट बाहिर नजर दौडाएँ बाहिर हुलाकी दाइ हुनुहुदो रहेछ।
“ए!दाइ पो बस्नुस् न”
“होइन भाइ धेरै पत्रहरु छन् म जान्छु तिम्रो एक पत्र थियो त्यसैले आएको।लौ लेउँ पत्र।” दाइले मलाइ पत्र दिनुभयो अनि बिदा हुनुभयो।
पत्र हेर्दै म पून कोठा भित्र पसे।पत्र सरुको थियो।मेरो मन त्यसै त्यसै फुरुङ्ग भयो।
किताबलाइ साइड लगाएँ,सिरानीलाइ च्याँपेर खामलाइ च्याते।खाम भित्र दुई वटा पन्ना थियो छुट्टा छुट्टै स्टिज पिनले कैद गरेको।मैले तिम्रो लागी केवल तिम्रो लागी लेखिएको पत्र पहिले खोले।
जती जती पत्र पढदै गएँ उति उति मेरो मुटुको चाल तिब्र हुन थाल्यो।म निस्सार हुदै गएँ।प्राण बिहिन जीव भएँ म।म जड बने।
आँसु परेलीको ढक्कन खोलेर,गालाको बाटो गरेर बग्न थाले खहरेको भेल झै।मैले ति आँसुलाइ रोक्ने कुनै चेस्ठा गरिन।बीना रोक ठोक बग्न दिएँ कतै ति पीडा पखालिन्छ कि भनेर तर सबै व्यर्थ थियो।

मनलाइ थुम्थुमियाउँदै फेरी अर्को पत्र खोले-त्यो मैलेनै सरुलाई पठाएको पत्र थियो।जुन पत्र मैले प्रथम पटक उनिलाई पठाएँको थिएँ,उनको मायाको स्वागत गर्दै।तर आज त्यो सबै फजुल फगत भए।केबल आँसुको निशानी भएँ।
पत्र यसरी बग्दै थियो स्वेत पानामा

एकान्त कोठा
रातको १० बजे
टुक्कीको मधुरो प्रकास
किराको एकोहोरो आवाज
मन भरी तिमी प्रती माया
मात्र तिम्रो यादमा

******************************************************************

पत्र मात्र लेखेको होइन मैले तिमीलाई,
मुटुपनि साँचेकोछु।
अरुको निम्ती नसोच मलाई,
आजै बाट तिम्रो निम्ती बाँचेकोछु।।
**********************************************************************

मेरी दिलकी रानी!!
युगौ युग सम्मको कुसुम स्मृतीको मैदानमा यस पत्र मार्फत अशेष अशेष स्मृतीहरु साथै तिम्रो मायारुपी पत्रलाई यो हृदयबाटै स्विकार गरेको जानकरी सर्वजकिन गरे।आज बाटै मैले तिमीलाई सारा कुरा समर्पण गरे।मैले आफुलाई यसरी समर्पित गर्दा आफ्नो हृदयमा खात लागेको हर्ष-उमङ्गको व्यख्या गर्ने क्षमता र त्यस भाषाको उल्लेख गर्ने सामर्थ्य यो निष्प्राण लेखनिमा कहाँ छ र!युगन्तर माया पाउँने आशाले तिम्रो हात थाम्ने अठोट गरे।परिवेश र बाध्यताका लहरले संसारिक मनोरञ्जनका हरेक स्वरुप एक से एक विलिन भएका यहाँ लाखै दृष्टान्टहरु नभएका पनि कहाँ हो र,तर हाम्रो माया यस्तो दृष्टान्टमा नपरोस् आग्रह।

‘सरु’ माया नाटक होइन,यो हृदयको उपासना हो,पूजा हो अनि जीवनलाई सुन्दर बनाउँने कसी हो,त्यसैले सदा सदा माया गरीरहनु कहिले पनि घात-प्रतिघातको खेल नखेल्ल्नु ल।अहिले म कति खुशी छु,यो खुशी जेवन भर रहिरहोस् ल।

तिम्रो उन्नती प्रगतीको कामना गर्दै बिदा
तिम्रो प्रेमी/दाषी
काले

आँसुको खहरेले पत्र सबै भिजिसकेको रहेछ म अचेत मानवलाइ पछि पो ज्ञान भयो।च्याँतिन लागेको पत्रलाइ एक पटक छातीको नजिक राखेर बिचारे।खोइ त्यो पत्र पनि म जस्तै धड्कन बिहिननै पाएँ।
धेरै खोजे मनलाई ट्याकमा ल्याउन अह असफल मात्र असफल प्राय भएँ।यो मन पनि गजबकै हुने रहेछ।कसले बुझ्ला यो मनलाई,कसको ल्याकत मनको चाला बुझ्ने??

भोली मेरो परीक्षा थियो अग्रेजीको एक त म यो बिषयमा कमजोर झन् यो घटनाले के होला मेरो स्तिथि?म झन् प्रताडित भएँ।मलाइ लाग्न थाल्यो यो मेरो लक्ष्यको हत्या हो,मारिदै छ मेरो लक्ष्य मेरो भविष्य।सुखम जती खुशी हुन्छ नि मन दु:खमा त्यसको चार गुणा प्रताडित।सोचे एक पटक जीवन पनि कुनै चलचित्रको कथा जस्तो हुनु नि।जसलाइ काट्न पनि मिल्ने पछाडी फर्काउन पनि मिल्ने तर त्यो केवल मेरो भवना त थियो।
फेरी सबै घटनालाइ भुल्दै किताब पल्टाएँ अह मन छैन पढ्न,किताबलाई बुझ्न नै परीक्षाको लागी तयारी हुन।अझै आँसु रोकिएकै थिएनन् यसलाइ मैले रोक्के कुचेष्टा पनि गरीन किन किन आज धेरै रुन मन थियो,उनलाई सम्झेर अनि ति अतितलाइ सम्झेर।
अतित अब मेरो दिमागमा झल्झली आउन थाल्यो फिल्मको पर्दा झै दिमागको खण्डहरमा।

“काले तिमी मलाइ कति माया गर्छौ?”सरुले प्रश्न गरिन
“खोइ यार मलाई पनि थाहा छैन कति गर्छु,अनि मैले कहिले तौलिन पनि चाहिन मायालाइ।”
सरु प्रफुल्ल भइन क्यारे हाँसिन “काले तिमी यदी मेरो जीवनम नआएको भए के हुने थियो?”उनले पुन प्रश्न गरिन्।
उनको केशरासी सुम्सुमाउदै भने “काली यो कस्तो प्रश्न हो?यदी यो धरतीमा घाम नभएको भए के हुने थियो के तिमी अनुमान गर्न सक्छौ?”मेरो प्रतीप्रश्नले उनि केहि मौन भइन।
आठ कक्षा पढ्दा देखिको हाम्रो प्रेम आज सम्म बीना रोकठोक चल्दै थियो।हाम्रो माया एक उदाहरणनै थियो माया गर्नेहरुलाई।चार वर्ष लामो हाम्रो प्रेम केवल ३,४ जनालाई मात्र थाहा थियो।हामी अरुको अगाडी प्रेमी-प्रेमीका कम साथि ज्यादा थियौ।

समयको प्रवाहमा बहदै बहदै जीवनरुपी रथलाई गती दिदै हजारौ आरोह-अवरोहलाई पन्छाउदै अतितका दिनहरुबाट पाठ सिक्दै ,कती पटक भक्कानिएर रुदै ,कती पटक मायाको मीठास अनुभव गर्दै दिनहरु पात्रोको पान्ना जस्तै पल्टिदै पल्टिदै गए सरुको साथ पाएँ पछि मेरो जीवनमा आशातित प्रगती हुदै गए।

सरु मेरो जीवनमा एक बहर बनेर आएकि थिइन।मैले लेखेका शब्द शब्दमा उनि जीवन खोज्ने प्रयास गर्थिन।हाम्रो भेट सधै सधै भए पनि दिनम एक दुई वटा पत्रको आदानप्रदान हुन्थियो।पत्रमा शब्दको ज्यान भर्नुको मज्जानै अलग हुन्थियो।सरु सधै भन्ने गर्थिन”काले तिमी पत्रमा अनि सायरीमा शरिरको ज्वरो लेख्छौँ।” तर जवाफमा भन्थे” होइन सरु म शरिरको ज्वरो लेख्दिन,सुन्दर शब्दमात्र लेख्छु।मेरो शब्द मेरो भावना पक्कै बिरामी हुन सक्दैन।वास्तबमा तिमीनै मेरो गजल अनि पत्रको खानी हौ।सरु मेरो हृदय विशाल छ जती माया दिन सक्छौ देउ म सबै मायालाइ कैद गर्न सक्ने छु”

समाजको नियम कानुन कहिलै हाम्रो मायाले मिचेन साँच्चै भन्ने हो भने हाम्रो माया एक वासना थिएन।एक भवरा अनि फूल बिचको कहानी थिएन।उनिलाई चोट लाग्दा मलाई चोट लाग्थियो त्यो होइन तर उनको पिडामा यो मुटु पक्कै छटपट गर्थियो पिडालेनै होला सायद।मायामा एक अदभुतको शक्ती थियो,नत्र एक छिन भेट नहुदा त्यसै त्यसै यो मन खिन्न हुने थिएन होला,दर्सनको अभिलाशा पलाउने थिएन होला??

उनि आफ्नो मामाको घरमा बसेर पढ्ने मामा माइजुको प्यारी भान्जी,उनको घर दार्जिलिंगमा थियो /सायद भगवानलाई हाम्रो भेट गराउनु थियो त्यसैले उनीलाई नेपाल ल्याए पढने बहानामा /एस एल सी दिए पछी उनि पुन दार्जिलिंग जाने भइन /त्यो दिन कहाँ भुल्छु दिन दिन उनि सँग अन्तिम पटक भेट भएको थियो/कुरा गर्ने रहर हुदा हुदै बिछोड हुने पीडाले उनि पनि चुप म पनि चुप /मौन भाषामा आँखाको ईशारामा मात्र केहि समय कुरा गरेर उनीलाई मैले बिदा गरेको थिएँ /सोचेको थिइन त्यो भेटनै हाम्रो अन्तिम भेट हुने छ भनेर /

किरिङ् किरिङ् किरिङ् किरिङ् किरिङ् किरिङ् टेलीफोनको आवाजले म झसङ्ग भएँ।फोन उठाएँ”हजुर को बोल्नु भो होला?”

“बाबु म ममी” उता बाट आवाज आयो।
“ए!ममी भन्नुस् किन कल गर्नुभएको?”मैले प्रस्न गरे
“बाबु आज मामा हाम्रोमा आउदै हुनुहुन्छ रे बजार गएर मासु ल्याउ है”ममीले भन्नु भयो

“हुन्छ हुन्छ ममी”-मैले फोन राखे

अब बजार जान तयार भएँ।तर मनमा अझै कुरा खेल्दै थियो।आखिर किन सरुले अर्को बिवाह गर्न लागिन?यो पत्र त धेरै पहिले लेखिएको रहेछ आज सम्ममा त उनको बिवाह पनि भयो होला?खुईईईया लामो सुस्केरा लिएँ।हे!भगवान आखिर किन त मलाइ मात्र यसरी घरी घरी परीक्षा लिन्छस् किन मेरो धर्यताको फाइदा लुट्छस्??आवेगमा आउनु हानिकारक आफैलाइ छ त्यो मैले राम्रो सँग बुझेको छु त्यसैले आफुले आफुलाई काबुमा राख्ने असफल प्रयास गरे।फेरी सोचे मैले जीवन नामको एउटा अदृष्य भोगाइमा हजारौ मोडहरु पार गर्नु मानविय धर्म रहेछ।जीवनका आरोह-अवरोहलाई नाप्ने,जोख्ने र तौतने यन्त्रहरु छैनन्,डोकामा भर्नेनै हो भने मेरो कुण्ठा हर्ष भन्दा चुली हुन्छ।जीवनका पानाहरु सेकेन्ड,मिनेट,घण्टा,दिन,हप्ता,महिना अनि वर्ष हुदै खुस्किदै जान्छन्,खुस्किनु के थियो बुढो हुनु अनि अझै पीडासँग अभयस्त हुनु त थियो।

बजार जानु भन्दा पहिला पून: त्यो पत्र पढ्न मन लाग्यो अन्तिम पटक किन कि अहिले सम्म म पत्रका शब्द सँग सहमत हुन सकेको थिइन।मेरो पून पढ्ने जमर्को सफल हुन सकेन।आँसुको खहरेले कलमबाट ओकलिएका शब्दलाई पखालिसकेको थियो।मैले सोचे यसरीनै वास्तविकता पनि पखालिए हुने नि।त्यो पत्र मेरो जीवनका खुशीलाई बगाउँने भेल भएर आएको थियो।मलाइ आजै उनलाई भेट्ने रहर जाग्यो तर त्यो सम्भव थिएन।म झापामा उनि दार्जिलिङ्ग दुरीले पनि पोल्दो रहेछ आज फेरी एक पटक थाहा भयो।सरु म सँगै जीउने अनि मर्ने वाचा खाएकि थियौ कसरी आज तिमी अरुको सिन्दुर बन्यौ?सरु तिमी मेरो आत्मा थियौ,धड्कन थियौ जसले मलाइ माया गर्न सिकायो उसले आज मेरो साथ छोड्यो।कसरी सम्हाल्नु मैले मलाइ?

ग्यारेजबाट बाइक निकाले अनि बजार जान लागे।अझै मेरो दिमागमा बिचारको ज्वारभाटा चल्दै थियो।७०,८० को गतीमा हुइकियाए मैले बाइकलाइ।

एक्कासि मेरो अगाडी एक स्कुले बच्चा देख्दा मेरो सातो पुत्लो गयो।धेरै प्रयास गरे बाइकलाई रोक्के तर सबै फेल भयो।बाइकले त्यो बच्चालाइ हान्यो।बच्चा २,३ फिट पर गएर पछारियो।ममी उसको मुखबाट निस्किएको त्यो शब्दनै अन्तिम शब्द थियो।बाइकले मान्छे हान्यो एक कान ,दुई कान मैदान हुदै धेरै मान्छे भेला भए।कसरी कुदाएको होला बाइक के बाबुको पैसा छ भन्दैमा अर्काको ज्यान लिन पाइन्छ?यसलाइ छोड्नु हुन्न यस्तै यस्तै हल्लाहरु मेरो कानमा गुञ्जिन थाले।म एक जड भएर उभिएको थिएँ निशब्द।

कसैले मेरो टाउँकोमा हान्यो।एक दुई हुदै मलाई धेरैले प्रहार गरे तर पनि मैले केहि प्रतिवाद गरिन।मेरो टाउँको चट्चट गर्दै थियो,मैले मेरो टाउँको छामे रगत बग्दै थियो मेरो टाउँको बाट म पनि बिहोस् भएँछु।

होस् मा आउँदा मैले आफुलाई हस्पिटलको बेडमा पाएँ।मेरो वरीपरी बाबा ममी अनि प्रहरी अंकलहरु हुनुहुन्थियो।दुई तीन दिनको उपचार पछि मलाई अनुसन्धानको लागी प्रहरी हिरासतमा राखियो।बाबाको सोर्स अनि हजुरबाबाको पैसाले म कैद मुक्त भएँ,मलाइ धरौटिमा रिहा गरियो ।म त कैद मुक्त भएँ तर मेरो मनको ज्वारभाटा??

सपनीमा पनि मलाई सधै त्यो बालकले ममी ममी भनेर तर्साई रहयो।मैले आफुलाई समाल्न सकिन।के गर्ने के नगर्ने मैले सोच्न सकिन।यसरी बाँच्नुको के मुल्य के आधार?धेरै धेरै गम खाएँ।धेरै समय सोचे पछि मैले आफुलाई आफैले फासिदिने बिचार गरे।त्यो समयमा म आफै जर्ज आफै वकिल अनि आफै अपराधि बने।लुगा राख्ने दराज पछाडीको डोरीलाई फेन झुन्डियाउँने ठाउँमा बाँधे।

किरिङ्ग्
किरिङ्ग्
किरिङ्ग्
किरिङ्ग्
किरिङ्ग् फोनको घण्टीले म पून झसङ्ग बने।फोन उठाएँ।
“हजुर”
“सरी यार आइम भेरी भेरी सरी”कुनै केटाको श्वर थियो।
“हजुरको बोल्नु भएको?आखिर किन सरी भन्दै हुनुहुन्छ?”
“म ज्वती बोल्दैछु,तिम्रो कलेजको साथि क्या”उसले जवाफ दियो
“ए!ए!ज्वती तिमी पो अनि आज कता बाट सम्झियौ मलाई?अनि के हो बोल्न पाएको छैन सरी सरी भन्छौ के हो तिम्रो पारा?”
“म अपराधि हो तिम्रो मैले सोचेको पनि थिइन यस्तो होला भनेर मेरो सानो मजाकले कसैको ज्यान पनि लिन सक्छ।”उ सुकसुक गर्न थाल्यो
कस्तो मजाक आखिर के भएको हो मलाई भन यार।मैले कर गरे

मित्र त्यो पत्र सरुको होइन मैले लेखेको थिएँ।मैले तिमीहरुको गोप्य प्रेमको रहस्य थाहा पाएँ पछि मैले सानो योजना बनाएँ।अनि सरु बनेर मैले पत्र पनि लेखे।”

“उसो भए त्यो मैले सरुलाई लेखेको प्रथम पत्र कहाँ बाट आयो त?”

“मैले तिम्रो डायरीबाट सारेर तिम्रो जस्तै अक्षर बनाएर लेख्या हो त्यो पत्र।”

ह!म छाँगा बाट खसे जस्तो भएँ,ज्वती यो तिमीले के गरेको?हेर तिम्रो मजाकले आज के भो।”

हो मलाइ थाहा छ के भो भनेर।घटनाले यसरी मोड लियो कि मैले सत्य ओकल्नै पाइन।आखिरमा म तिमीलाई एप्रील फुल बनाउन चाहान्थे।

“एप्रील फुल?मैले पात्रो हेरे हे!”भगवान मैले टाउँकोमा हात राखे।

“मित्र पिल्ज मलाई माफ गर है”यती भनेर उसले फोन राख्यो।

म खाँबो बनेर उभिरहे।अनि सोचे यस्तो पनि हुन्छ ??

समाप्त

चन्द्रगढी-२ झापा नेपाल
हाल-दोहा कतार