Daily Archives: जुन 4, 2011

सोच्या थिइन

नबराज ‘नबोदित’

गीत

सोच्या थि’न यस्तो जीवन,ज्युँनु पर्ला कुनै बेला /
तिम्रै कारण मैले आँशु ,प्यूँनु पर्ला कुनै बेला /
स्वर्ग जस्तो संसार मेरो,जलाएर गयौ आज/
बिश्वासको पर्खाल सबै ,ढलाएर गयौ आज/

साँचो माया पाएँ भनी,भुलेको थें सारालाई/
तर तिम्ले टिप भन्यौ,आकाशको तारालाई/
झुटा बाचा कसम खाई,फसाएर गयौ आज/
जोरीपारी दुनियाँलाई ,हँसाएर गयौ आज/

एकोहोरो तिम्रोपछि, लागीरहें पागल जस्तै/
तिमी भने फाट्न थाल्यौ,झरीपछि बादल जस्तै/
न त घरको न घाटको ,बनाएर गयौ आज /
मेरो मुटु दुखाउँदै ,रमाएर गयौ आज /