Daily Archives: जुन 8, 2011

बेला भएन र?

-लालकाजी श्रेष्ठ

गजल

अझै कत्ती सहने हो सोच्ने बेला भएन र ?
आँफै भित्र राष्ट्रियता जोख्ने बेला भएन र ?

दिनहुँझै धर्तीमाको पछ्यौरीको पल्ला दुख्दा
खुकुरीमा चाँदी रंग पोत्ने बेला भएन र ?

रक्तविज सरी भए भ्रष्टाचारी जुगाहरु
दैनिकीमा महाकाली डोब्ने बेला भएन र ?

छैन क्यारे!कोही पनि सद्कर्ममा रमाउने
कुक्रित्यको कालो न्रित्य रोक्ने बेला भएन र ?

डाहा खप्दै नीलकण्ठ हुनुपर्ने अर्थ छैन
नेपालीले तेस्रो आँखा खोल्ने बेला भएन र ?