Daily Archives: डिसेम्बर 1, 2010

बुद्ध

– नवराज नबोदित

गजल

अति गर्‍यो छिमेकीले,हत्याउने दाउ बुद्ध ।
पुनर्जन्म लिई फेरी,लुम्बिनीमा आउ बुद्ध ।

लुट्नु सम्म लुटिरा’छ,दाजुभाई लडाएर
युद्धभुमी भइसके,ज्ञान लिने ठाँउ बुद्ध ।

दया,सत्य,अहिंसा त,भेटिदैन कतैपनि
शान्तिभुमी हैन अब,फेरिदैछ नाँउ बुद्ध ।

आफ्नो भनि दाबी गर्छ,तिम्रो जन्मभुमीपनि
दिनदिनै दुखिरा’छ,सिमानाको घाउ बुद्ध ।

मुकदर्शक् बनी तिमी,नहेर भो बिन्ती अब
छियाछिया भइसके,आमाका ति पाउ बुद्ध ।

लेगुवा,धनकुटा

(आज कपिलबस्तु दिबस अर्थात बुद्ध बचाउ अभियान को सन्दर्भ पारेर एउटा गजल बाड्ने कोशीस् गरेको छु ।तपाईंहरुलाई जस्तो लाग्छ त्यस्तै प्रतिकृया दिनुहोला ।)