Daily Archives: डिसेम्बर 21, 2010

डिलैमा फुलूँ कि

-भरत पौडेल

गजल

फाँटहरु सकिंदैछ, डिलैमा फुलूँ कि
नदीनाला बेचिंदैछ, हिलैमा फुलूँ कि

राष्ट्रप्रेम देखाउँदा, दुच्छर भएँ म
जेलभित्रै बाँधिएर, किलैमा फुलूँ कि

मंहगी र भ्रष्ट्राचार, मनमा तीर भो
गरिवीले रैतीउन्ने, सिलैमा फुलूँ कि

शान्तिअनि संविधान, चाहना सबैको
युद्धताका पल्टिएको, खिलैमा फुलूँ कि

नेताजन कुहेछन दुर्घन्ध फैलेको
सहमति दुख्ने तिन्को, पिलैमा फुलूँ कि

नपाउँनेले केरापाई बोक्रैमा दारेको
राष्ट्रधन फिर्तागर्ने, बिलैमा फुलूँ कि

भनसाथी कहाँफुलूँ ?, छैन खै बगैंचा
पवित्र यो नेपालीको, दिलैमा फुलूँ कि

केउरेनीपानी-६, भोजपुर