Daily Archives: डिसेम्बर 6, 2010

केही हाइकुहरु

© आयुष सम्मोहन


आँखा रसाए
तिमीलाई नै सम्झि
मध्य रातमा


छोडेर हिड्यौ
भेटे जस्तो नी लाग्छ
सपना भरि


मुटुमा छेड्यो
सम्झिदैमा छ गाह्रो
तिखो वचन


संज्ञा दियौ नी
मलाई धोकेवाज
तिम्रो आँखामा


हराएछु म
रक्सिको बोतलमा
तारा गनेर


सडक भरि
आउने प्रतिक्षामा
कथा र ब्यथा


अँगालोमा छ
पत्याउनै सकिन
जवान ठिटो


महल ताक्यो
कसरि दिन सक्थे
भोको पेटले


खुसी भै जीउ
मलाईझै नगर
रुखो आवाज

१०
घायल मन
सुवास भेटाउन
अन्तै नरोज

रझेना ५ कृष्णनगर बाँके

फुल्छु भन्थेउ मनै भरी

-अनुराग कंडेल

गीत

फुल्छु भन्थेउ मनैभरी अनयासै झर्यौ किन?
डेरा जमाइ मुटु माझ फेरी पर सर्यौ किन?

मन्को घाऊ बल्झिएर पीडाहरु सल्बलाउछन्
तिम्रै याद सिरानीमा सारा रात खल्बलाउछन्
जानु रैछ मुटु रेटी झुठा बाचा गर्यौ किन?
वारी मलाई एक्लै छोडी आफु पारी तर्यौ किन?

भन्थ्यौ सधैं अङ्गालेर जूनी जूनी साथ दिन्छु
पिर नगर प्रिया तिमी अफ्ठ्यारोमा हात दिन्छु
काडा सँगै जिउदै थिए फुलको आशा भर्यौ किन?
टुक्रा पारी छोड्नु रैछ चोखो मुटु हर्यौ किन?

फुल्छु भन्थेउ मनै भरी अनयासै झर्यौ किन?
डेरा जमाइ मुटु माझ फेरी पर सर्यौ किन?