गजल
कति घट्ने थियौ तिमी,मेरो कुरा मान्या भए ?
मैले जस्तो सानो हुन,अलिकति जान्या भए ।
न तिमीले जल्नु पर्थ्यो,न त आफ रुनु पर्थ्यो
आगो बन्नु सट्टा हिजो,पानीलाई छान्या भए ।
मारिरह्यौ बचनैले,घोचिघोची दिनदिनै
सहिदिन्थेँ बरु छुरी,यो छातीमा हान्या भए ।
धकेल्दियौ फेदीतिर,टेक्न लाग्दा शिखरमा
भुल्दिन थेँ तिम्रो गुण,माथितिर तान्या भए ।
ममताकी देवी संम्झी,सजाउथेँ मुटुभित्र
सधैं पूजा गरिरन्थेँ,तिम्ले राम्रो ठान्या भए ।
k ho dada kaslai ho yesto maya garera bhannu bhako ‘kati ghatne thiyou timi’anyway gajal akdamai ramro 6 keep it up